काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सेयर धनीहरूको नाममा रहेको ३ लाख ५६ हजार ७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
इच्छुक लगानीकर्ताकर्ताले असार ४ गतेदेखि ११ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौंमा वा शाखा कार्यालयहरू मिलन चोक बुटवल, अमर पथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ, इटहरी, नारायणगढ चितवन, र न्यूरोड पोखराबाट आवेदन दिन सकिने कम्पनीको भनाई छ ।
यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू उपत्यका बाहिर: वीरेन्द्रनगर सुर्खेत र धनगढी कैलालीबाट समेत आवेदन दिन सकिने छ ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । जसअनुसार १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर सङ्ख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।
अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ ।बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १,००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।







