काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती (बिएन) नियुक्त भएका छन् ।
कम्पनीको (आज)२६ गते बसेको सञ्चालक समिति बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो। घर्तीको कार्यकाल २६ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ।
उनी ४ वर्षका लागि नियुक्त भएका हुन् । यस अगाडि तत्कालीन किष्ट बैंकको कामु सीईओ भएर काम गरेको बेला उनलाई मुद्दा परेको थियो। लामो समय कानुनी झन्झटमा रहेका उनले अदालतबाट ‘क्लिनचिट’ पाएपछि बैंकिङमा पुनः फर्किएका हुन् ।







