काठमाडौँ । आज साताको अन्तिम कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ । बजारमा दोहोरो अकंको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ । बजार ओरालो लागेसँगै कारोबार रकम समेत घटेको छ । आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भइरहेको छ ।
बिहीबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले घटेको हो ।








