काठमाडौँ ।  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका लागि रोजगारको अवसर सृजना गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारीको माग गरेको हो ।

सहायक प्रशिक्षार्थी पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ कम्पनीले जनाएको छ ।
संस्थाले कोशी प्रदेशका विभिन्न शाखाका लागि १५ जना, मधेश प्रदेशका लागि ७ जना,बाग्मति प्रदेशका लागि ६ जना, गण्डकी प्रदेशका लागि ९ जना,लुम्बिनी प्रदेशका लागि ६ जना,कर्णाली प्रदेशका लागि ३ जना र सुदूरपश्चिम प्रदेशका लागि ४ जना कर्मचारी माग गरेको छ।

संस्थाले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्न लागेको जनाएको छ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकको उमेर १८ वर्ष पुरा नभई ३५ वर्ष पुरा नभएको हुनु पर्नेछ । महिला आवेदकको हकमा भने अधिकतम उमेर थप ५ वर्षसम्म मान्य हुने संस्थाले जनाएको छ ।

छनौट प्रक्रियाको सर्टलिस्ट आगामी साउन १३ गते र परीक्षा साउन १९ गते शनिवारका दिन सञ्चालन हुनेछ । तलब स्केल २५ हजार ८० रुपैयाँ र बीमा सुविधा लगायत अन्य सुविधा रहने संस्थाले जनाएको छ।