काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । दैनिक रूपमा नयाँ नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको मूल्यमा आज भने प्रतितोला ३ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो  । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।