काठमाडौँ । नेपालमै पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक युरोपियन मेसिनद्वारा उत्पादित सर्वोत्तम सिमेन्टको नाफा आर्जनमा गिरावट आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो। साथै, कम्पनीको सञ्चालन आम्दानीमा समेत ७७.१६ प्रतिशतको गिरावट आएको छ ।
गत वर्षको यस अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा यसको बिक्री लागत पनि ७६.०४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा (वार्षिक) ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा कायम भएको छ।







