काठमाडौँ। राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी पाएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।
आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका अर्यालले आज राजीनामा दिएको एक स्रोतले जानकारी दिएको छ । तर उनको राजीनामाबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ ।
१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबार मात्र रमाना पत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर भएका थिए।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।







