काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यसअघि पनि योजना आयोगको सदस्य थिए। त्यस्तै मन्त्रिपरिषद् बैठकले योजना आयोगमा सातै जना नयाँ सदस्य पनि नियुक्त हो ।