काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीले ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
मंसिर ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीहरूलाई हाल कायम चुक्ता पूँजी ९१ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१५.७२ रुपैयाँ० को ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयर धनीहरूमा वितरण गरिने छ ।







