काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६३ सालमा १८ औँ वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंकले आज पुस १८ गते १८ वर्ष पूरा गरेको हो ।
ग्लोबल आइएमई बैंकको प्रमुख वित्तीय सूचकहरु अब्बल बैंकको रुपमा स्थापित भएको देखिन्छ । निक्षेप संकलन, कर्जा परिचालन, ब्याज आम्दानी, चुक्ता पुँजीलगायतका प्रमुख सूचकमा बैंक सबैभन्दा अगाडि छ ।
ग्लोबलको व्यापार अरु बैंकहरुको भन्दा धेरै रहेको बुझ्न सकिन्छ । आम्दानीको हिसाबल बैंक दोस्रो स्थानमा आउँछन । सञ्चालन नाफा र खुद नाफा आर्जन गर्नेमा बैंक दोस्रो स्थानमा छ ।
बैंकहरुको कुल निक्षेप संकलनमा ग्लोबलको मात्रै ८.९४ प्रतिशत हिस्सा छ । गत वर्षको अन्त्यमा ८.७७ प्रतिशत हिस्सा ओगटेको थियो । यो वृद्धि बैंक एक्लैको मात्र ४.९० प्रतिशत रहेको छ ।
जबकि, बैंकिङ इन्डष्ट्रिको निक्षेप संकलन वृद्धि २.९३ प्रतिशत देखिएको छ । यता, कर्जा परिचालनको हिसाबमा हेर्ने हो भने बैंकहरुले परिचालन गरेको कुल कर्जाको ८.९४ प्रतिशत ग्लोबलको देखिएको छ । यो गत वर्षको असारसम्म ८.५६ प्रतिशत थियो । कर्जा विस्तार यस बैंकको मात्रै ७.१३ प्रतिशतले बढेको छ ।
यता, बैकिङ समूहको औसत ग्रोथ जम्मा २.४७ प्रतिशत देखिएको छ । सबै वाणिज्य बैंकहरुले १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको ब्याज आम्दानी गर्दा ग्लोबल एक्लैको ११ अर्ब ६५ करोड भन्दा धेरै छ ।
उपलब्ध डाटा अनुसार यस बैंकको गैर ब्याज आम्दानी १ अर्ब ७ करोडबाट बढेर १ अर्ब ३१ करोड पुगेको छ । बैकिङ इन्डस्ट्रिको यस्तो आम्दानीको वृद्धि १६.४४ प्रतिशत रहेपनि ग्लोबल आइएमईको भने २१.८३ प्रतिशत छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ । नाफा आर्जन गर्नेमा बैंक दोस्रो स्थानमा छ । नाफा वृद्धि २३.३६ प्रतिशतले बढेको छ । बैंकिङ समूहको औसत वृद्धिदर २०.१७ प्रतिशत छ । पुँजी पर्याप्तता (सीएआर) १२.४६ प्रतिशत छ । यसको अर्थ यसको पुँजी पर्याप्तताः पर्याप्त नै देखिएको छ । बैंकहरुको औसत बेस रेट ७.३४ प्रतिशत छ । जबकि, ग्लोबल आइएमईको ७.२९ प्रतिशत देखिएको छ । बेस रेट कम हुँदा बैंकले सस्तोमा कर्जा दिन सक्छ ।
बैंकले कर्मचारी खर्चको प्रत्येक रुपैयाँमा १ हजार ७ रुपैयाँ व्यवसाय उत्पन्न गर्छ । औसत बैंकहरुको उक्त व्यपार ७३३ रुपैयाँ छ । यस बैंकले ९ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरैको बिजनेस गरेको छ ।
बैंकहरुको एभरेज बिजनेस १०६ खर्ब ६ अर्ब भन्दा धेरै छ । यी प्रमुख वित्तीय सूचकहरु हुन । जसले बैंकिङ समूहको औसतलाई देखाउँछ ।

गत वर्षको नाफाबाट लाभांश पारित गर्न गर्न यस बैंकले आज (मंसिर २७ गते)वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेश गर्नेछ ।

जनता र बैंक अफ काठमान्डूसँग मर्जर गरी बनेको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा धेरै पुँजी भएको बैंक हो । व्यापार विस्तारमा आक्रामक बनेको यो बैंकको शाखा नेपालको सबै जिल्ला छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेको छ ।

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई हरेक वर्ष लाभांश वितरण गरेको छ । यस बैंकले अधिकांश वर्ष डबल डिजिटमा लाभांश वितरण गरेको छ । यद्दपि, पछिल्लो समय यस बैंकको लाभांश दर केही घटेको छ । तर, आर्थिक मन्दी, खराब कर्जाको मार, तलरताको कमिका कारण सञ्चालनमा रहेका सबै जसो बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । जसकारण बैंकहरुको नाफामा केही दबबा सृजना भएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि ग्लोबल आइएमईले भने सेयरधनीको हात खालि गरेको छैन । तर केही बैंकहरुले गत वर्षको नाफाबाट लाभांश दिन सक्ने अवस्था छैन ।

उपलब्ध तथ्यांक अनुसार यस बैंकको निक्षेप संकलन, कर्जा विस्तार र नाफामा आएको वृद्धि दर समग्र बैंकिङ इन्डष्ट्रिजको भन्दा धेरै छ । जब बैकिङ इन्डष्ट्रिजको निक्षप संकलन २.९३ प्रतिशतले बढेको छ तब ग्लोबल आइएमईको ४.९० प्रतिशत बढेको छ । यता, कर्जा पनि बैंकिङ समूहको २.४७ प्रतिशतले बढ्दा बैंकको ७.१३ प्रतिशत बढेको छ । नाफा वृद्धि पनि क्रमशः २०.१७ र २३.३६ प्रतिशत छ ।







