काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ ।
कम्पनीले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर पनि बीमा गर्न सकिने व्यवस्था मिलाएको छ । यसका साथै बैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
कम्पनीले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका सम्पूर्ण बीमितहरुलाई केवाइसी सम्बन्धि विवरण अध्यावधिक गर्न र बीमालेखको बीमा अवधि परिपक्क भएका बीमितहरुले दाबी भुक्तानी लिन समेत आग्रह गरेको छ ।







