काठमाडौं। सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएपछि परिश्रमीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो ।
परिश्रमीको पक्राउ सरकारद्वारा सुकुमवासी बस्ती हटाउने निर्णयपछि भएकोले यस घटनालाई त्यससँग जोडेर समेत चर्चा भइरहेको छ। यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि बल प्रयोग गरेको आरोप लागेको थियो, जसका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।







