काठमाडौँ । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदनको ओइरो लागेको छ ।

उक्त एफपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको हो । पहिलो दिन नै यसमा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बढीको आवेदन परेको छ। यसमा ३ लाख ३६ हजार १२४ जना आवेदकहरूले ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् ।

सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १०.४९ गुणा बढी हो । महुलीले आज ९पुस ५ गते० देखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ।