काठमाडौं । आज महुली लघुवित्तको एफपीओ बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले शुक्रवारबिहान साढे दश बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने जनाएको छ ।

लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ। गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो। आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन्।

बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ। महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो।