काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १७ लाख ८५ हजार ८५३ जनाले आवेदन दिएका छन् ।

एफपिओ भर्ने अन्तिम दिन सम्ममा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । लिमिटेडका अनुसार मागभन्दा ५२.३४ प्रतिशतले बढी अर्थात २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेका हुन् ।

महुलीले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।