काठमाडौँ। राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४९.७८ रुपैयाँ र बिक्रीदर १५०.३८ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४९.३१ रुपैयाँ र बिक्रीदर १४९.९१ रुपैयाँ कायम थियो ।
यस्तै आज यूरो र पाउण्डको मूल्य समेत बढेको छ । आज एक यूरोको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.६१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७५.६९ रुपैयाँ र बिक्रीदर १७६.३९ रुपैयाँ कायम थियो । आज एक पाउण्ड स्टर्लिङको खरिददर २०२.३५ रुपैयाँ र बिक्रीदर २०३.१६ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर २०१.८४ रुपैयाँ र बिक्रीदर २०२.६६रुपैयाँ कायम थियो ।
यसैगरी, आज १० जापानी येनको खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.७८ रुपैयाँ र बिक्रीदर ४०.९४ रुपैयाँ रहेको छ । आज एक अष्ट्रेलियन डलरको खरिददर १०७.२० रुपैयाँ र बिक्रीदर १०७.६३ रुपैयाँ रहेको छ ।
एक चिनियाँ युआनको खरिददर २१.९५ रुपैयाँ र बिक्रीदर २२.०४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०५ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.०९ रुपैयाँ र बिक्रीदर ४१.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८८.७६ रुपैयाँ र बिक्रीदर ४९०.७२ रुपैयाँ कायम भएको छ।







