काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक शेयर धनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । संस्थाले विद्यमान संस्थापक शेयर धनीहरूका लागि बिहीबारदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरूले कोहलपुरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।