काठमाडौँ । आज मंगलवारका दिन नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन १२ सय रुपैयाँले बढेको सुन तोलामा ७ सयले बढ्दै प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घट्ने आधार नभएको र सुनको मूल्य बढ्ने कारण यथावत् रहेको कारण यो मूल्य थप बढ्ने सम्भावना रहेको जनाएको छ ।







