काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागेको छ । बुधवार नेपाली बजारमा सुनको प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ। आज यहीँ मूल्यमा कारोबार हुनेछ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको छ।







