काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले प्रकाशित गरेको विवरण अनुसार, संस्थाको नाफा र अन्य वित्तीय सूचकांकहरूमा वृद्धि भएको छ।
खुद नाफा
- चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशत बढी हो।
- गत आर्थिक वर्षको सोही अवधिसम्म लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी
- समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशत बढेको छ ।
- खुद फि तथा कमिशन आम्दानी २१.६९ प्रतिशत घटेको छ।
- लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.६५ प्रतिशत र सञ्चालन मुनाफा ६८.८२ प्रतिशत बढेको छ।
प्रतिशेयर आम्दानी
- नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा समेत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ।
- लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।
वितरणयोग्य मुनाफा
- चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ।
- १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।
- तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब १ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।







