काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नर नियुक्तिको काम छिट्टै टुङ्गो लाग्ने जनाएका छन् ।
अब तलमाथि नभइकन २/ ४ दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ मन्त्री गुरुङले मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउँदै भने ।
साथै, मन्त्रिपरिषद्ले दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।
वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु







