काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ ।

पौडेललाई गभर्नर नियुक्त गर्ने गरी सहमति जुटेसँगै अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले बैठक बोलाएका छन् ।

मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो। ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबिच गभर्नरको सहमति जुटेसँगै प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद् बैठक बोलाइएको छ ।

गभर्नर सिफारिस समितिको बैंकले तीन जनाको नाम सिफारिस गरेसँगै आजै आजै सरकारले गभर्नर नियुक्ति गर्ने सम्भावना बढेको छ ।