काठमाडौं । १८ औँ गभर्नरका रूपमा नियुक्त भएका विश्व पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका छन् । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषि स्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरू खराब कर्जा निरन्तर चुलिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले गरेको लगानी उठ्न नसक्दा खराब कर्जा थपिँदै गएको देखिन्छ । अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या बढ्दै गएको बैंकरहरुको भनाई छ ।

उनको योग्यतासँगै क्षमतामा समेत अब्बल मानिन्छन् तर गभर्नरको नजरमा हेर्ने हो भने उनको अगाडि अभिएका समस्याहरु पनि सामान्य भने छैन । यसर्थ नवनियुक्त गभर्नर पौडेलका अगाडि देखिएका समस्या र उनको भूमिका कस्तो हुनुपर्छ भनेर आर्थिक भ्वाइसले पूर्व गभर्नर चिरञ्जीवी नेपाललाई सोधेका छौ । प्रस्तुत छ नेपालको धारणाको सम्पादित अंश

पहिलो कुरा त हालको शिथिल अर्थतन्त्रलाई चलायमान गराउनुप¥यो । निजी क्षेत्रको आत्मबल बढाउनुप¥यो । एफएटिएफको ग्रे लिष्टमा परेको छ नेपाल । त्यसले देखाएका त्रुटिलाई सुधार गरेर लैजानुपर्यो , यी हाल देखिएको विद्यमान समस्या हो यसको निराकनमा गभर्नर र सरकार दुवैको ध्यानाकर्षण हुन जरुरी ।

नयाँ गभर्नरलाई निवर्तमान गभर्नर अधिकारीले दिएका थिए यी विशेष सुझाव (बुँदागत रूपमा)

सरकार त आउने जाने हुन्छ । यसको आयु पनि हुँदैन । लामो समय पनि जाँदैन तर वित्तीय नीतिको सल्लाह केन्द्रीय बैंकले दिने हो । वित्तीय क्षेत्रको स्थायित्वमा जोड दिइराखेकै हुन्छ । सरकारलाई सही सुझाव दिएर सहयोग गर्नुपर्छ । अर्थतन्त्र चलायमान भयो भने खराब कर्जा आफैँ घट्दै जान्छ । अर्थतन्त्र चलायमान भएपछि सबै समस्या समाधान हुँदै जान्छन् । आन्तरिक अर्थतन्त्र नचल्दा समस्या देखिएका त्यो पनि बिस्तारै  समाधान उन्मुख हुन्छ भन्ने मेरो धारणा हो ।

यहाँले भनेझै यहाँ समस्या मात्रै हैन् केही राम्रो पनि भएको छ । कुल गार्हस्थ्य उत्पादनका १८ क्षेत्रहरू सकारात्मक देखिँदै गएका छन् । अब बिस्तारै राम्रो हुँदै जान्छ । व्यापारी र व्यवसायीको मनोबल उच्च गराउने र अर्थतन्त्रलाई चलायमान बनाउने उपाय सोच्न जरुरी छ । मौद्रिक नीतिमा तिनै विषयको सम्बोधन हुनुपर्छ । आर्थिक स्थायित्व त छ तर अर्थतन्त्र नचलेको मात्र हो ।

केन्द्रीय बैंकको भूमिका सबैलाई मन नपर्न सक्छ । राष्ट्र बैंक भनेको बजारमा पठाउने ठाउँ होइन । उसले त पैसाको व्यवस्थापन मात्र गर्ने हो । अब राष्ट्र बैंकले के गर्नुपर्छ भने संवेदनशील र संयमित भएर नीतिगत र बजारका समस्यालाई सम्बोधन गर्नुपर्छ । योजना आयोगको उपाध्यक्ष भएर पनि काम गर्नुभएको हो । सरकारलाई सल्लाह र सुझाव पक्कै पनि मिल्छ। राष्ट्र बैंकले राम्रो नेतृत्व पाएको छ ।

को हुन राष्ट्रबैंकका १८औँ गभर्नर बनेका डा.विश्व पौडेल ? यस्तो छ शैक्षिक योग्यता र कार्यानुभव

उहाँसँग २०७८–८० मा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव छ । त्यस्तै, २०७८–७९ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (ईसीमोड) को बोर्ड अध्यक्ष समेत भएका पौडेल सन् २०१५–१७ मा मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीका रूपमा काम गरेका थिए । यी सबै सबै कुराले अब राम्रो हुन्छ । ठिक हुदैँ जान्छ भन्ने सन्देश प्रवाह गर्दछ । मलाइ लाग्छ यस अगाडि भन्दा अब हामी राष्ट्रबैंकको भूमिका गभर्नरको उपस्थितिको महसुस गर्न पाउने छौ ।