काठमाडौँ।  जीवन बीमा अभिकर्ताहरूको पक्षमा सर्कुलर जारी गर्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको  उल्लेख गरेको छ ।

जीवन बीमा अभिकर्ताहरूको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी तोक्ने व्यवस्थालाई हटाएको छ ।

साथै २८ गते पश्चात् गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने व्यवस्थालाई हटाइएको प्राधिकरणले उल्लेख गरेको छ ।

यसअघि प्राधिकरणले गत साउन ३१ गते सबै जीवन बीमकहरुलाई बीमालेख जारी बारे पत्र लेख्दै सो व्यवस्था गरेको थियो । प्राधिकरणले जीवन बीमा अभिकर्ताहरूको चौतर्फी आलोचनापश्चात् यो व्यवस्था हटाएको हो ।

बीमा कम्पनीहरूले अभिकर्तालाई बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा समय सीमा तोक्ने गर्दथ्यो । यस्तो अवस्थाले बीमा अभिकर्ताहरूमा इन्सेन्टिभ पाउनका लागि बीमितहरुलाई आफ्नो क्षमताभन्दा बढी बीमा गराइदिने वा आर्थिक अवस्था नबुझी बीमा गराइदिने प्रवृत्तिले बीमा क्षेत्रमा सरेण्डरदर बढ्दै गएको देखिन्छ ।