काठमाडौँ ।  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा ९.६६ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २०.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस समिक्षा अवधिमा कम्पनीले गत आवमा कुल ९३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ४६.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यता कम्पनीको दाबी भुक्तानी रकम पनि ४७.१७ प्रतिशत बढेर ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार १८.६४ प्रतिशतले बढेर कोषमा ३ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ । यता महाविपत्ती कोषको आकार पनि १०.३७ प्रतिशतले बढेर ८ करोड ५७ लाख रुपैयाँ संचित छ भने रिटेन्ड अर्निङ भने १४.५० प्रतिशतले घटेर ५ करोड ७४ रुपैयाँ मात्रै संचित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको इपीएस ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँ कायम भएको छ भने कम्पनीको नेटवर्थ १७७.०६ रुपैयाँ, पीई रेसियो १२४.०२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४२.०९ रुपैयाँ रहेको छ ।