काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही जेठ २९ गतेका लागि वार्षिक सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समिति बैठकले बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
उक्त, सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।
साथै गत आवको वार्षिक र लेखा परीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने छ।कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाका लागि समेटिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ जेठ २१ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।







