काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउँछन्।
कम्पनीले यसअघि पुस १ गतेसम्म आवेदन खुला गरेकोमा म्याद लम्ब्याइएको छ। अब लगानीकर्ताहरूले पुस १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने भएका छन्।







