काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ । साताको दोस्रो दिन परिसूचक ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा झरेको हो । आज बजारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन कारोबार रकम ९ अर्ब माथि थियो ।
बजारमा आज ७२ कम्पनीको मूल्य बढेको छ । १७२ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज दुई स्क्रिपमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सो लेभलमा बढेको हो ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ समूहको सूचक घटेको छ । हाइड्रो र जीवन बीमा समूहको सेयर १ प्रतिशत भन्दा धेरैले घटेको छ । अन्य सूचकको घटढ १ प्रतिशत भन्दा कम रह्यो ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । सो कम्पनी ३७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
(यस अघि प्रसारण भएको समाचारमा प्राबिधिक कारणबस पुरानो मितीको समाचार पोस्ट हुन् गएकोमा क्षमा पार्थी छौ।)







