काठमाडौं । धितो पत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको जेन्जी समुहले राजिनामा माग गरेका छन् । २१ दिनको समय दिएर बोर्ड अध्यक्ष श्रेष्ठको जेन्जी समुहले राजिनामा माग गरेको हुन् ।

शुक्रबार बोर्ड अध्यक्ष श्रेष्ठलाई भेटेर जेन्जी रिभोलुसन नेपालका सह-संयोजक अर्जुन शाहीको टिमले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रको पहिलो नम्बरमै बोर्ड अध्यक्ष श्रेष्ठले सुधारको काम गर्न नसकेको र सुधारको काम गर्न २१ दिनको समय छुट्याएका छन् ।

यदि सो समयभित्र सुधारका काम गर्न नसके स्वेछिक रुपमा राजिनामा दिन भनिएको छ । जेन्जी समुहले नेप्से कारोबारको समय साँझ ५ बजेदेखि बेलुका ९ बजेसम्म कायम गर्न भनेका छन् । गैर आवाशिय नेपालीहरुलाई दोस्रो बजार प्रवेश गर्न नीतिगत व्यवस्था गर्न भनिएको छ ।

बैंक तथा वित्तिय संस्थाको कुल कर्जा मध्ये २० प्रतिशत कर्जा सेयर धितोको रुपमा प्रयोग गर्न पाउनु पर्ने माग जेन्जीको माग छ । ज्ञापन पत्र बुझाउँदै जेन्जी रिभोलुसनका सह-संयोजक शाहीले काम गर्न नसके विवादित अध्यक्षले राजिनामा दिनुपर्ने बताएका छन् ।  उनले भने, “धितोपत्र बोर्ड प्रधानमन्त्री समेत फेर्न सामर्थ राख्ने गरेको आरोप छ, यदी पुँजीबजार सुधारमा काम गर्न नसके २१ दिनपछि अध्यक्ष ज्यूले राजिनामा दिनु हुनेछ भन्ने हाम्रो विस्वास छ ।”

बोर्ड अध्यक्ष श्रेष्ठ निकै विवादित पात्र हुन् । उनीमाथी धितोपत्र बोर्डबाट आइपीओ स्‍वीकृतिका लागि अनिवार्य कमिशन उठाउने गरेको आरोप लागेको छ । विशेषगरी, हाइड्रोपावर क्षेत्रको आइपीओ स्वीकृतिमा साना हाइड्रो पावरको ७ प्रतिशत र ठूला हाइड्रो पावरको ५ प्रतिशत कमिशन लिने गरेको आरोप बोर्ड अध्यक्ष श्रेष्ठमाथी छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले बोर्ड अध्यक्ष श्रेष्ठले बिचौलिया प्रयोग गरेर रिसवत (घुस) माग गरेको सार्वजनिक गरिसकेका छन् । बोर्ड अध्यक्ष श्रेष्ठले नियुक्तिका लागि अर्बौ रुपैयाँ खर्च गरेको र सो दायित्व पुरा गर्नका लागि कमिशन बार्गेनिङ गर्ने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ परुद्धको मुद्ता तयार गरेर राखे पनि दर्ता भने गरेको छैन ।