काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। बुधबार नेपाल धितोपत्र बोर्डमा छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको श्रोतले जनाएको छ ।

आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा हानेको हो ।

अख्तियारका तीन जना अनुसन्धान अधिकृतहरु बोर्डमा पुगेका थिए । उनीहरुले साँझ ४ बजेसम्म बोर्डका उच्चस्तरका कर्मचारीहरुसँग सोधपुछ गरेर विभिन्न कागजात समेत लिएर गएको श्रोतले जनाएको छ ।