काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको ३० औं साधारण सभा आज बिहान काठमाण्डौ स्थित नक्सालमा रहेको लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८१र८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
साथै, बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिएको हो ।

सभामा सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल पश्चात पारित गरिएको हो । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत समेत पारित गरिएको छ ।