काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा कर्मचारी खर्च उल्लेख्य रूपमा बढाएका छन्। माघ मसान्तसम्म बैंकहरूले कर्मचारी पारिश्रमिक तथा सम्बन्धित सुविधामा कुल ३४ अर्ब ९९ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९३ प्रतिशतले बढी हो।

गत वर्ष यही अवधिमा यस्तो खर्च ३३ अर्ब ३ करोड ७० लाख रुपैयाँ रहेको थियो। व्यक्तिगत बैंकहरूको विवरण हेर्दा खर्च वृद्धिको प्रवृत्ति अझ स्पष्ट देखिन्छ। नेपाल बैंक लिमिटेड ले २ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.४४ प्रतिशतले बढी हो। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक ले २ अर्ब ८९ करोड २७ लाख रुपैयाँ खर्च गर्दै २०.७१ प्रतिशतको वृद्धि देखाएको छ भने नबिल बैंक ले २ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ खर्च गरी २३.९२ प्रतिशतले वृद्धि गरेको छ।

अन्य प्रमुख बैंकहरूमा पनि कर्मचारी खर्च उल्लेख्य देखिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले १ अर्ब ८६ करोड ८३ लाख, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल ले ६० करोड ७२ लाख, हिमालयन बैंक ले १ अर्ब ८७ करोड ७९ लाख, नेपाल एसबीआई बैंक ले ९७ करोड ६५ लाख र एभरेष्ट बैंक ले १ अर्ब २४ करोड ७५ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।

यसैगरी एनआईसी एशिया बैंक ले १ अर्ब ७३ करोड ४१ लाख, माछापुच्छ्रे बैंक ले १ अर्ब ३२ करोड ५५ लाख, कुमारी बैंक ले २ अर्ब १९ करोड ७४ लाख, लक्ष्मी सनराइज बैंक ले २ अर्ब ३५ करोड २० लाख र सिद्धार्थ बैंक ले १ अर्ब ६९ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन्।

यस्तै, कृषि विकास बैंक ले २ अर्ब १८ करोड ५२ लाख, ग्लोबल आईएमई बैंक ले २ अर्ब ३८ करोड ३२ लाख, सिटिजन्स बैंक इन्टरनेशनल ले १ अर्ब २१ करोड ८० लाख, प्राइम कमर्शियल बैंक ले १ अर्ब २ करोड १२ लाख, एनएमबी बैंक ले १ अर्ब ५४ करोड ७० लाख, प्रभु बैंक ले २ अर्ब ९ करोड ४७ लाख तथा सानिमा बैंक ले ९७ करोड ५५ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन्।