काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको दलित समुदायमाथि भएको अन्यायको लागि सरकारको तर्फबाट क्षमा माग्दै हात जोडेर माफी मागेका हुन्।

उनले भने, “यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट, अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन। यो सदनबाट सरकार शताब्दियौँदेखि भइरहेको विभेद र अत्याचारको सार्वजनिक र सामूहिक माफी माग्दैछ।”