काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँ रहेको छापावाल सुन आज १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ७ सय रुपैयाँमा झरेको हो।
त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले कमी भई ५ हजार २० रुपैयाँ कायम भएको छ।






