काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा बैंकको नाफामा उल्लेखनीय नाफा वृद्धि देखिएको छ । बैंकले समीक्षा अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ६६ लाख रुपैयाँको तुलनामा १०५.२९ प्रतिशतले बढी हो।

यस समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ०.७८ प्रतिशत वृद्धि भएको छ। मध्य पूर्वको तनाव तथा नेपालि अर्थतन्त्रमा बिगत २ बर्षदेखी देखिएको आर्थिक सुस्तताका कारण यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ । यस्तै बैंकको सञ्चालन खर्च ६.३१ प्रतिशतले बढेर ९४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५२ करोड १६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ६४ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह भने ४७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यस्तै बैंकको कस्ट अफ फण्ड भने ५.३७ प्रतिशतबाट घटेर ३.८८ प्रतिशतमा सीमित बनेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँबाट बढेर १९.०९ रुपैयाँ पुगेको छ । बैंकको पीई रेसियो १९.४३ गुणा,प्रतिसेयर नेटवर्थ १६३.४३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३७.९८ रुपैयाँ कायम भएको छ ।