काठमाडौं । यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु भएको छ । सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिहीबारदेखि अनलाइन सेवा सुरु भएको हाे ।
नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । बिहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने व्यवस्था मिलाइएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा सुरु गरेका हुन् ।
दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । आजदेखि त्यो लाइन पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए ।
सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय पुगे हुने बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बताए ।