काठमाडौं । घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको भएको हो । चन्द्रागिरी नगरपालिका –१४ वडा कार्यालयमा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनापछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो ।
घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब–इन्जिनियर पन्तले घुस मागेको आरोपमा आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम सहित सतुगंल स्थित खाजा पसलबाट पक्राउ गरेको थियो ।







