काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।

बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजनाका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

प्रदेश लोक मार्ग र प्रदेश मार्गको सीमा तोक्ने र निर्माण व्यवस्थित गर्न गुरुयोजना प्रभावकारी हुने उनले बताए । विपद् जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।