काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज बिहीबार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्तको २० प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।