काठमाडौँ । दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला निकालिएको छ।  जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बेपत्ता भएकामध्येमा एक शिशु समेत रहेका छन्।

एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सञ्जीव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहलेले बताए ।

एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ। साथै, सोही गाउँको अर्को पहिरोमा एक घर परेको हो। जुन घरका दुई जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।