काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरु काठमाडौं महानगरपालिका – ९ बत्तिसपुतलीबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उक्त गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारको राजस्थान बस्ने ५२ वर्षीय बसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २६ लाख ५० हजार नगद, पाँच वटा मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो ।