काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १.२५ प्रतिशत कम हो। गत वर्ष यस कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।
साथै, यस अवधिमा कम्पनीको व्यापार ६ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ। यता, बिक्री लागत ६ अर्ब १३ करोडबाट घटेर ४ अर्ब २९ करोड १२ लाख रुपैयाँमा झरेको छ।
त्रैमाससम्मको अवधिमा कम्पनीको कर्मचारी खर्च १७ करोड ५० लाखबाट घटेर १५ करोड ९९ लाख रुपैयाँमा झरको छ। त्यस्तै, प्रशासनिक खर्च पनि १० करोड ३८ लाखबाट घटेर ७ करोड ६० लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको आम्दानीसँगै खर्चमा समेत गिरावट आएको छ । त्यसैगरी, ब्याज खर्च पनि २२ करोड ६४ लाखबाट घटेर २ करोड ८८ लाखमा झेरेको छ। आम्दानीसँगै खर्च घट्दा नाफामा सामान्य गिरावट आएको हो ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड जम्मा छ । चुक्ता पुँजी भन्दा जगेडा कोष ४.२४ गुणा बढी छ। प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ (वार्षिकीकरण) रहेको छ।







