विश्वव्यापी सञ्जालमार्फत ग्राहकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै सन् १९६१ देखि विश्वभर उत्कृष्ट सवारी साधनको व्यवसाय गरिरहेको टाटा मोटर्सले नेपाली ग्राहकहरूको मन समेत जित्न सफल भएको छ ।

नेपालका लागि टाटा मोर्टसको आधिकारिक विक्रेताको रूपमा सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । जसले नेपालमा टाटा मोटर्स लिमिटेड भारतको एक मात्र वितरकको रूपमा सेवा दिँदै आएको छ । टाटा मोटर्सको व्यावसायिक र यात्रुवाहक दुवै सवारी साधनहरूको लागि व्यापक बिक्री, बिक्री पछिको सेवा र स्पेयर पाट्र्स प्रदान गर्ने काम पनि यसले गर्दै आएको छ ।

यसैबिच विद्युतीय सवारीको बजारमा समेत टाटा पहिलो स्थानमै जस्तो देखिएको छ । वातावरणमैत्री, पेट्रोल इन्जिन गाडीको तुलनामा सञ्चालन खर्च कम, बैंकले ६० प्रतिशतसम्म ऋण लगानी गर्ने, नयाँ प्रविधि र सरकारी प्रोत्साहनले गर्दा इभीको बढ्दो मागले बजारमा प्रतिस्पर्धा देखिएको र सोही अनुरूप टाटाले काम गरिरहेको टाटाका डेपुटी म्यानेजर सुजन कार्कीले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा बताए ।कार्कीका अनुसार नेपालमा टाटाका तीन ओटा विद्युतीय गाडी नेपालमा उपलब्ध छन् ।

टियागो

टियागो इन्ट्रि लेभलको गाडी हो । जसको सुरुवाती मूल्य २७ लाख ४९ हजार पर्छ । नेपालमा यो गाडीका ३ ओटा भेरियन्ट उपलब्ध छन् । जसमा ८ ओटा स्पिकर, १७.७८ सेन्टिमिटरको टच स्क्रिन, सुरक्षाका लागि एयर ब्याग र पार्किङका लागि रिभर्स क्यामेरा रहेका छन् ।

त्यस्तै रेन सेन्सिङ वाइपर, अटो हेड ल्याम्प, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन एन्टी–लक ब्रेकिङ सिस्टम जस्ता फिचर गाडीमा रहेको कार्कीको भनाई छ ।

यस्तै टियागोमा मोटर र ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्म वारेन्टी कम्पनीले दिने गरेको छ । यो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुल चार्जमा २०० किलोमिटरसम्मको रेन्ज दिने उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा बताए ।

टाटा पञ्च इभी

जिप गाडीहरू मन पराउनेहरूका लागि टाटाले पञ्च इभी ल्याएको छ । यसको क्लिरियन्स १९० हुने कार्कीले बताए । काठमाडौं उपत्यका र आसपासका पहाडी क्षेत्रहरूमा समेत सजिलै जान सक्ने यो गाडी रफ रोडहरूका लागि पनि उपयुक्त हुने उनको भनाई छ ।

मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध गराएको छ भने लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । जसले २८० देखी २९० किलोमिटरसम्मको रेन्ज दिने उनले बताए । यो गाडीमा भ्वाइस कन्ट्रोलिङ सनरुफ, अटोमेटिक एसी, अटो हेडल्याम्प तथा बर्ष सेन्सरजडित वाइपरहरू समेत उपलब्ध हुनेछन् । कम्पनीका अनुसार टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेक्सन

नेपालमा विद्युतीय सवारी साधन (इभी)को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ २०२१ म टाटा नेक्सन प्राइम इभी बजारमा ल्याएको थियो । नेक्सन प्राइममा मल्टी मोड रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टिभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटिक ब्रेक ल्याम्प बल्ने जस्ता फिचर थपिएको हो ।

टाटा नेक्सन प्राइम भेरियन्टमा रेगुलर मोडल जस्तै ३० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । जसले २०० किलोमिटरसम्मको रेन्ज दिने दिन्छ ।

यसपछि सन् २०२३ मा नेक्सनको म्याक्स भेरियन्ट नेपालमा सार्वजनिक भएको थियो । जसमा ४० किलोवाटको ब्याट्री क्षमता रहेको छ । यसले २७० देखी ३०० सम्मको रेन्ज दिने उनको दाबी छ । टाटा नेक्सन प्राइम भेरियन्ट अपग्रेट गरेर कम्पनीले नेक्सन के ३ करिव १ महिना अगाडी मात्रै सार्वजनिक गरेको छ ।

नेक्सन के ३

यस्तै ४५ किलोवाट ब्याट्री क्षमताको नेक्सनको नयाँ डिजाइन नेक्सन के ३ समेत निकट समयमै सार्वजनिक गर्ने भएको छ । नवीन प्रविधि, आकर्षक डिजाइन,उच्च कार्यकुशलता एवं अत्याधुनिक आरामदायी सुविधा रहेको नेक्सनको नयाँ भेरियन्ट अबको केही दिनमै लन्च गर्ने तयारी सिप्रदीले गरिरहेको कार्कीले बताए ।

शुरूआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडीको शुरूआती अफरमा ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने उनको भनाई छ । यो गाडीले ३२५ देखी ३५० सम्मको रेन्ज दिने बताइएको छ ।

विद्युतीय गाडी नेक्सनलाई नेपाली ग्राहकले अत्यधिक मन पराएको बताउँदै नयाँ भेरियन्टलाई पनि ग्राहकहरूले निकै रुचाउने उनको भनाई छ । नेपालभर तीन हजारभन्दा बढी ग्राहकको साथ सहित नेक्सन केथ्री ईभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाउने उनको दाबी छ ।

नेपाली बजारमा टाटाको गाडीहरुले नेतृत्व गरिरहेका छन् । जसको बजार हिस्सालाई टाटाका नयाँ नयाँ भेरियन्टमा उपलब्ध भइरहेका जिुली गाडीहरुले थप माथि उकास्ने उनको भनाई छ ।यसका साथै टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरूको अग्र पङ्क्तिमा समेत परेको कार्कीले आर्थिक भ्वाइसलाई बताए ।

पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ ।
यस्तै भारतमा निर्मित टाटा ब्रान्डका गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको उनको दाबी छ । दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ ।

ग्राहकहरूको रुचि र चाहानालाई मध्यनजर गर्दै कम्पनीले १८५ वटा चार्जिङ स्टेसन, १६ वटा सर्भिस सेन्टर सञ्चालन गरेको उनको भनाई छ ।उनका अनुसार नेपालका मुख्य राजमार्गहरूमा ५० देखि ६० किमी दुरीमा फास्ट चार्जर राख्ने योजना अनुरूप २६ ओटा चार्जर राखिएका छन् ।

यसका साथै गाडी जहाँ जाँदा पनि सर्भिसको सुनिश्चितताका लागि देशका विभिन्न १६ ओटा स्थानमा ईभीको सम्पूर्ण काम गर्न मिल्ने सर्भिस सेन्टर समेत विस्तार गरिसकेको कार्कीको भनाई छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ ब्रान्डका परिष्कृत गाडीहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

त्यन्तै सुन्दर बनावट भएका यी गाडी आरामदायी र सुरक्षाको दृष्टिकोणले अरू भन्दा अगाडी छन् । यस्तै टाटा नेक्सनले हालै मात्र ग्लोबल सेफ्टी रेटिङमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ ।