काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन करिब ६८ खर्ब रुपैयाँ पुगेको छ ।
हाल सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ६७ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ पुगेको राष्ट्रबैंकको तथ्याकंमा उल्लेख छ । साथै, यस अवधिमा ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
२०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप सङ्कलन ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ थियो । सो अवधिसम्म ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने निष्क्रिय कर्जा तीन दशमलव ७३ प्रतिशत थियो । हाल औसत निष्क्रिय कर्जा (एनपीएल) चार दशमलव ९२ प्रतिशत पुगेको छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्रै २०८१ फागुन मसान्तसम्म ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । भने सोही अवधिमा ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले ५४ खर्ब ७१ अर्ब ८४ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४४ खर्ब ९९ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै गरी, २०८१ फागुनसम्म विकास बैंकहरूले छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८० फागुनसम्म विकास बैंकहरूले पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस अवधिमा विकास बैंकहरूमा औसत निष्क्रिय कर्जा पाँच दशमलव ११ प्रतिशत छ ।
फाइनान्स कम्पनीहरूले पनि २०८१ फागुन मसान्तसम्म एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै औसत निष्क्रिय कर्जा १२ दशमलव ८५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९६ अर्ब तीन करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उ







