काठमाडौं। छ्याङ्दी हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।