काठमाडौँ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१।०८२ को गत असार मसान्तसम्म विभिन्न बीमालेखहरूबाट कुल १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेका छन्।
गत आर्थिक वर्षको सुरुदेखि अन्त्यसम्म जीवन बीमकहरूले सावधिक, अग्रिम भुक्तानी, रूपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक म्यादी रोजगार म्यादी र अन्य बीमालेखमा गरी उक्त रकम संकलन गरेका हुन्।
कम्पनीहरूले सार्वजनिक गरेको विवरण अनुसार बाग्मती प्रदेशले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । उक्त प्रदेशमा ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
साथै, दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ भने तेस्रोमा कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसपछि गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ र मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ।
जीवन बीमा कम्पनीहरूले १ करोड ५६ लाख ३० हजार ९९९ वटा बीमा पोलिसी जारी गरेर उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
तालिकामा हेर्नुहोस्








