काठमाडौँ । काठमाडौँ महानगरपालिकाको डोजर थापाथलीमा रहेको ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरि ट्राफिक बिट खडा गरेको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो । महानगरपालिकाले हिजो मात्रै यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको थियो । अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै उक्त बिट हटाउन महानगरले भनेको थियो ।
यता भने २०३० सालदेखि स्थापना गरी बसेको बिट ट्राफिक प्रहरीले बताउँदै आएको छ ।







