काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी रु ७५,६०,००,००० बराबरको प्रति शेयर रु १०० अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरको १ः ०.६ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर) को अनुपातमा रु ४५,३६,००,००० बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ४५,३६,००० कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो ।
आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।








