काठमाडौं । सुनको भाउले आज (मंसिर २९ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (मंसिर ३० गते) छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार भने छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ ।
यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम रहेको थियो ।
उपचारदेखि निवृत्तिभरणसम्म : यस्ता छन् सामाजिक सुरक्षा कोषका सुविधा








