काठमाडौं। पछिल्लो समय सिटिजन्स बैंकले सञ्चालनमा ल्याएको सिटिजन्स जेन–जी बचत खाताप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ। बैंकले जेन–जी युवाहरूलाई लक्षित गर्दै डिजिटल युग अनुकुल वित्तीय सेवाको आवश्यकता पुरा गर्न विद्यार्थी, फ्रीलान्सर, कन्टेन्ट क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय पुस्तालाई केन्द्रमा राख्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको थियो। उक्त खाताप्रति नवयुवाहरूको आकर्षण बढिरहेको हो।
यो खाता सन् १९९७ देखि २०१२ बीच जन्मिएको जेन–जी पुस्ताले मात्र खोल्न पाउछ। सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट न्यूनतम रु १०० मै खोल्न सकिन्छ। यसमा वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिन्छ। साथै, युवाग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिसन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू समेत निशुल्क उपलब्ध गराइएको छ।
बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, यसले युवा ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गरेको छ।
यसैगरी, ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा जेन–जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर समेत पाउने गरेको बैंकले जनाएको छ। यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुने गर्दछ।
सिटिजन्स जेन–जी बचत खाताका आकर्षक विशेषताहरू :
रु १०० मै खाता सञ्चालन
वार्षिक ३.०२ प्रतिशत ब्याजदर
निःशुल्क बैंकिङ सेवाहरू :
चेकबुक निःशुल्क
सि–आश्वा कमिसन निःशुल्क
सि–आश्वा रेजिष्ट्रेशन निःशुल्क
पहिलो वर्षका लागि डिम्याट खाता निःशुल्क
अन्य सुविधाहरू तथा शुल्क छुट :
डिजिटल बन्डल्ड अफरमा एटीएम कार्ड + मोबाइल बैंकिङ + ई–कम कार्ड + इन्टरनेट बैंकिङ चारै सेवा मात्र रु ५०० मै उपलब्ध
ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट
जेन–जी ड्यासबोर्डमार्फत विशेष डिजिटल अनुभव
क्यासब्याक तथा रिवार्डस् :
पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत क्यासब्याक पाइने
रेफरल रिवार्डअन्तर्गत प्रत्येक खाताका लागि रु २०० प्रदान गरिनेछ, जसका लागि रेफर गर्ने र रेफर हुने दुवैले खाता खोलेको हुनुपर्नेछ तथा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा कार्डजस्ता कम्तीमा एक डिजिटल सेवामा आबद्ध भई कम्तीमा एक डिजिटल कारोबार सम्पन्न गरेको हुनुपर्नेछ। यस्तो रेफरल मोबाइल बैंकिङमार्फत प्राप्त हुनेछ।
सामाजिक योगदान :
जेन–जी आन्दोलनका शहीद परिवारहरूका लागि सीप विकास तालिम तथा अनुदान प्रदान गर्न प्रत्येक खाता बाफत रु २५० योगदान गरिनेछ।
यसअघि पनि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ। बैंकले फ्रीलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ।
यस्तै, बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा अर्थात् अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको छ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।








